नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं : चीनको सान्या सहरमा चलिरहेको मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा मिस नेपाल–२०१८ शृंखला खतिवडा टप माेडेल प्रतिस्पर्धामा सेमिफाइनलमा प्रवेश गरेकी छिन् । समग्र प्रतियाेगिताकै उत्कृष्ट ३० मा छनोट भएकी उनी टप माेडेलकाे प्रतिस्पर्धामा समेत सेमिफाइनलमा पुगेकी हुन् । उनले आफ्नो फेसबुक पेजमार्फत आफू सेमिफाइनलमा पुगेका जानकारी दिएकी हुन् ।
‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन् ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दछु ।’
मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला यसअघिदेखि नै अगाडि छन् । उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन् । आउँदो डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।