पुष्कर खतिवडा काठमाण्डाैकाे धुम्बाराहीबाट पक्राउ

 साउन १४, २०८१ सोमबार १७:३२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सामाजिक सञ्जालमा चर्चित धर्मगुरु भनिने पुष्कर खतिवडा काठमाण्डौको धुम्बाराहीबाट पक्राउ परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको तस्बिर राखेर यमराजको अनुष्ठान गर्दै गर्दा खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

खतिवडाले केही दिनअघि फेसबुकबाटै देशलाई बरबाद बनाउने नेताहरूको नाममा यमराजको पूजा गर्ने निर्णय लिएको बताएका थिए । उनले सामाजिक सद्भावमा खलल पुर्‍याएको र कानुन विपरीत काम गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया