पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी – डडेलधुरा–डोटी जोड्ने डाक्टर केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको स्कुल बस तथा दार्चुलाको मालिकार्जुन–३, तेर्थालेकमा आज शुक्रबार बिहान भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ ।
सुदूरपश्चिम पृतना मुख्यालय दिपायलले दिएको जानकारी अनुसार दार्चुलामा भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएका गोकुलेश्वर अस्पतालमा भर्ना भएका ७ जना तथा रडुवा खोलामा दुर्घटनामा परि कैलालीमा उपचार गराइरहेका ३ जना गरी १० जनालाई थप उपचारका लागि नेपालगन्ज तथा काठमाडाैं लैजानका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टर आइपुगेको हो ।
सेनाको हेलिकप्टर अहिले दिपायलको बाटो हुदै दार्चुलाको गोकुलेश्वरतर्फ गएको छ भने त्यहाँबाट घाइते बोकेर कैलाली जाने र त्यहाँ भर्ना भएका ३ जना गम्भीर घाइतेलाई लिएर काठमाडौं जाने योजना बनाइएको सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतले बताउनुभयो । ‘रडुवा र दार्चुलामा नसोचेको ठूलो अकल्पनीय घटना भयो, हामी साह्रै दुःखी छौँ’, उहाँले भन्नुभयाे, ‘गम्भीर घाइतेहरुले सुविधासम्पन्न अस्पतालमा राम्रो उपचार पाउन भनेर हेलिकप्टर पठाएका छौँ, सबैले उपचार पाएर सकुशल फर्किने छन भन्ने आशा गरेका छौँ ।’
त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बस दुर्घटनामा परि गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेकाहरुको उपचारमा कुनै कमी नहुन दिन प्रदेशका सामाजिक विकास मन्त्री तथा यातायात मन्त्रीलाई निर्देशन दिएको बताउनुभयो । उहाँले प्रदेश सरकारका तर्फबाट घाइतेको उपचारमा पूर्ण सहयोग हुने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।