कर्णालीमा कांग्रेसका चार जना मन्त्रीले शपथ लिए

 साउन २०, २०८१ आइतबार १७:५०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

कालीकाेट – कर्णाली प्रदेशमा नेपाली कांग्रेसका चार जना मन्त्रीले शपथ लिएका छन् । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई आज प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीव विक्रम शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढाले शपथ लिएका छन् ।

नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएपछि खाली रहेका मन्त्रालयमा कांग्रेसबाट चार जना नियुक्त भएपछि कर्णाली प्रदेश सरकारले पूणर्ता पाएको छ । माओवादीले गएको साउन ७ गते समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्रीसहित एक राज्यमन्त्री र दुई मन्त्री गरी चार जना मन्त्री भइसकेका छन् ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया