सिटी एक्सप्रेसको दशैँ–तिहार योजना : ‘१८औं वर्षमा १८ गुणा, पर...
भदौ ३१, २०८१ सोमबार
काठमाण्डौ – गएराति सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको बाँसखर्कमा ७५ दशमलव ८ मिलिमिटर, ढुङ्गेमा ७१, मिलिमिटर, बोल्डेमा ६७ मिलिमिटर र तार्केघ्याङमा ६६ मिलिमिटर पानी परेको छ ।
सिन्धुपाल्चोकको ढुङ्गे, बोल्डे, मेलम्चीघ्याङ, तार्केघ्याङ र आसपासमा ठूलो पानी परेकाले मेलम्ची, ईन्द्रावती र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति देशका अरु धेरै ठाउँमा पनि पानी परेको छ ।
आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।