भारतसँगको एकदिवसीय श्रृङ्खलामा श्रीलङ्काको ऐतिहासिक जित

 साउन २४, २०८१ बिहीबार ६:७:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

श्रीलङ्काले भारतसँगको ३ खेलको एकदिवसीय  श्रृङ्खला २७ वर्ष पछि जितेको छ । घरेलु टोली श्रीलङ्काले भारतसँगको  एकदिवसीय  श्रृङ्खला २–० ले जितेको हो । श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल घरेलु टोली श्रीलङ्काले १ सय १० रनले जितेको छ ।

हिजो श्रीलङकाले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको भारतले २६ ओभर १ बलमा अल आउट हुँदै १ सय ३८ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो ।

यसअघि श्रृङ्खलाको पहिलो खेल बराबरीमा सकिँदा दोस्रो खेल श्रीलङ्काले ३२ रनले जितेको थियो । सन् १९९७ मा श्रीलङ्काले पछिल्लो पटक भारतसँगको  एकदिवसीय  श्रृङ्खला जितेको थियो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया