स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
माघ ११, २०८१ शुक्रबार
बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न लाग्नुभएका मोहम्मद युनुसले विरोध प्रदर्शन गरिरहेका विद्यार्थीलाई हिंसा रोकेर राष्ट्र निर्माणका लागि तयार रहन आह्वान गर्नुभएको छ । उपचारका लागि फ्रान्समा रहनुभएका युनुसले उतैबाट विद्यार्थीलाई शान्त हुन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । उहाँँ आज ढाका गएर शपथ लिने तयारी भइरहेको छ ।
राष्ट्रपति र सेना प्रमुखले आन्दोलनरत विद्यार्थीसँग छलफल गरेपछि ८४ वर्षीय नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन लागिएको हो । विद्यार्थीले शुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएपछि युनुस अन्तरिम सरकार प्रमुख बन्नुभएको छ ।
यसैबीच गएको जनवरीमा युनुसलाई श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएकोमा हिजो अदालतले पुनरावेदनमा उहाँलाई श्रम सजायबाट सफाइ दिएको बीबीसीले जनाएको छ ।
यसैगरी बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए) ले पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशमा सुपुर्दगी गर्न भारतलाई आग्रह गरेको छ । बङ्गलादेशमा भएको हिंसामा निर्दोष नागरिकको ज्यान जानुमा उनीहरू जिम्मेवार रहेको र उनीहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्ने बताइएको हो ।
आरक्षण विरोधी आन्दोलनमा अहिलेसम्म ४ सय ५० भन्दा धेरै नागरिकको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।