भारतीय कुस्ती खेलाडी फोगाटले लिइन् सन्न्यास

 साउन २४, २०८१ बिहीबार १३:१:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतीय कुस्ती खेलाडी विनेश फोगाटले सन्न्यासको घोषणा गरेकी छिन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत कुस्तीको फाइनलमा अयोग्य घोषित भएकी उनले सन्न्यासको घोषणा गरेकी हुन् ।

विनेशले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर सय ग्राम बढी तौलका कारण उनी स्वर्ण पदकका लागि अयोग्य घोषित भएकी थिइन् ।

सन्न्यासको घोषणा गर्दै उनले सामाजिक सञ्जाल एक्समा लखेकी छन्, ‘आमा रेस्लिङले मलाई जित्यो, म हारेँ । मलाई क्षमा गर्नुहोस्, तपाईंको सपना र मेरो साहस चकनाचूर भयो । मसँग अब कुनै शक्ति छैन । गुडबाई रेस्लिङ ।’

विनेशले सेमिफाइनलमा विपक्षीलाई ५–० को अन्तरले पराजित गर्दै ओलम्पिकको फाइनलमा स्थान बनाउने पहिलो भारतीय महिला कुस्ती खेलाडी बनेकी थिइन् ।

विनेश इतिहासकै सबैभन्दा सफल भारतीय कुस्ती खेलाडी हुन् । विनेशले सन् २०१६ मा रियो ओलम्पिकमा महिला ४८ केजी फ्री–स्टाइलमा डेब्यु गरेकी थिइन् । तर घुँडाको गम्भीर चोटका कारण उनी क्वार्टरफाइनलबाट पछि हट्न बाध्य भइन् ।  त्यसपछि विनेश टोकियो ओलम्पिक २०२० का लागि छनोट भइन् तर क्वार्टरफाइनलमा हार बेहोर्नुपरेको थियो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया