दिनभर उतारचढाव भएको शेयर बजार सामान्य बढ्यो, २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

 साउन २४, २०८१ बिहीबार १५:२८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो एक सय आठ अङ्कले बढेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ६ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ६६ दशमलव ३८ विन्दुमा पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से बिहान ११ बजेर २४ मिनेटमा दुई हजार आठ सय ११ विन्दुमा पुगेको थियो ।

आज जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कर्णाली विकास बैंक, शिवम् सिमेन्ट्स, घोराही सिमेन्ट इन्डस्ट्री, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल र सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर भने आठ प्रतिशतले घटेको छ ।

आज तीन सय २२ वटा कम्पनीका पाँच करोड नौ लाख कित्ता शेयर २० अर्ब सात करोड रुपैयाँमा कारोबार भएको छ । आज शिवम् सिमेन्ट्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको एक अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया