पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालन

 साउन २६, २०८१ शनिबार ९:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा हिजो बेलुका सडक माथिबाट पहिरो खसेको थियो ।

पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको छ ।

पश्चिम म्याग्दीका तीन वटा पालिकासँगै बाग्लुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडक खण्डको घुमाउने भिर, बाङ्गेभिर, लाम्पाटादेखि रणबाङका क्षेत्रमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।  

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया