दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन शुरु

 साउन २६, २०८१ शनिबार १८:५०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो मङ्सिर २ गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन शुरु भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आज सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा लोगो र मस्कटसहित सय दिने दिनको काउन्टडाउन सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन शुरु घोषणा कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले समयमै निर्माणकार्य सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहहरू लागि परेको बताउनुभयो ।

कार्यक्रममा सात वटा रङ्गमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी अंकित लोगो समेत सार्वजनिक गरिएको छ । कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ ।

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया