चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका १७ वटा अस्पतालले सेवामा सुधार गर्न थालेका दाबी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले अस्पताल सेवा सुधारको शुरुआत भन्दै १७ वटा अस्पतालको सेवामा सुधार शुरू भएको जानकारी गराएको हो । मन्त्री पौडेलको सचिवालयले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयले साउन ४ गते गरेको परिपत्रअनुसार सुधार शुरू भएको जनाएको हो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदभार सम्हालेलगत्तै अस्पतालमा देखिएको भीड व्यवस्थापनसँगै सेवालाई दुई 'शिफ्ट' मा थप गुणस्तर वृद्धि गर्न नाैँ बुँदे निर्देशन जारी गर्नुभएको थियो । मन्त्रीको निर्देशन मन्त्रालयले साउन ४ गते सङ्घ मातहतका अस्पताललाई परिपत्र गरेको थियो । एक महिनाभित्र भीड व्यवस्थापन गर्ने लक्ष्यअनुसार अस्पतालहरूले सुधार शुरू गरेका हुन् । सङ्घ मातहतका १७ वटा अस्पताल सबैले ओपीडी सेवा बढाएका छन् ।
काठमाण्डाैकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले स्वास्थ्य बीमाका सेवाग्राहीलाई ९० प्रतिशत बढी औषधि आफ्नै फार्मेसीबाट वितरण थालेको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा जनरल ओपिडी सेवा अवधिसँगै शल्यक्रिया अवधि बढेको छ । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेडियोलोजीका लागि बेग्लै काउन्टर खोलेको छ ।
यस्तै राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डाैले चाैबीसै घण्टा आकस्मिक शल्यक्रिया शुरू गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दर्ता भएको एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलाएको जनाएको छ । कान्ति बाल अस्पताल महाराजगञ्जमा आकस्मिक बाल उपचारका लागि ६ शय्या तथा 'अब्जर्भेशन' का लागि २० शय्या थप गर्ने प्रक्रिया शुरू गरेको जनाएको छ ।
साथै पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले बिदाको दिनमा समेत ओपीडी र शल्यक्रिया थालेको छ । अरू अस्पतालहरूले पनि भीड व्यवस्थापन, ओपीडी सेवा अवधि थप, अनलाइन टिकट लगायतका सेवाहरू विस्तार गरेको जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।