कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना

 साउन ३०, २०८१ बुधबार ८:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना छ । अहिले कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहने अनुमान छ । सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी आजराति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गएराति मोरङ, धनकुटा, गोरखा, चितवन, लमजुङलगायत आसपासका जिल्लामा ठूलो पानी परेको थियो । त्यस्तै काठमाण्डौ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, कास्कीलगायत जिल्लामा पनि हल्कादेखि मध्यम खालको पानी परेको महाशाखाले जनाएको छ ।

पानी परिरहेका ठाउँका नदी तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया