तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – सङखुवासभाको अरुण नदीमा जलसतह बढेको छ । रातभर परेको पानीले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको हो ।
साथै, निरन्तरको वर्षाले मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर पानी बगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको अवस्थामा स्थानीय प्रशासन वा नजिकको प्रहरीमा जानकारी गराउन पनि आग्रह गरेको छ ।
अहिले कोशी, नारायणी, कर्णाली, महाकाली र महाकालीको सहायक नदी तथा कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहेको छ । तर यी नदीमा पानी सतर्कता तह नजिक रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।