तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – कीर्तिपुरमा आज बाघभैरवको जात्रा हुँदैछ । हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रूपमा जात्रा गर्ने चलन छ । आजका दिन बाघभैरवको मन्दिरलाई एक सय आठ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ । बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखेर कीर्तिपुरको विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा गरिन्छ । यो जात्रा विक्रम संवत् २०१३ सालदेखि शुरु भएको हो ।
यसैबीच यसवर्षको जात्राको लागि बाघ भैरवको नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । बाघ भैरव मन्दिरको मुलद्वार अगाडिको गुन्थ सत्तलमा तीन सय २१ वर्ष अघि स्थापना गरिएको तर विलुप्त भइसकेको बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति हिजो प्रतिस्थापन गरिएको हो ।
मूर्तिकला जगतमा प्रख्यात क्रोेधकला शिरोमणि कालु कुमालेका छोरा स्व.वीरेन्द्रकुमार अवालेको स्मृतिमा निर्माण गरिएको बाघ भैरव मूर्ति हिजो ललितपुरको सिन्चाहितिमा एक कार्यक्रमकाबीच कीर्तिपुरबासीलाई हस्तान्तरण गरिएको थियो । झन्डै २० जना कालिगढले एक वर्ष लगाएर तीन फिट अग्लो स्वर्ण शक्ति भैरवको मूर्ति निर्माण गरेका हुन् ।
कीर्तिपुर गुंदे दापा खलका दुई सय ५० जनाको समूहले नेवारी परम्परागत भेषभूषा र सांस्कृतिक बाजासहित ललितपुरमा मूर्ति लिन आएका थिए । ललितपुरबाट मूर्ति लगिएसँगै हिजो बाघभैरव मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको थियो । राजा शिवदेव तृतीयले बाघ भैरव मन्दिर स्थापना गरेको इतिहासमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।