तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – सुदूरपश्चिमकै प्रसिद्ध बाजुराको बडिमालिका र बुढीनन्दामा आज मेला लागेको छ । जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्पराअनुसार एकसाथ पूजा गर्ने परम्परा छ ।
बडीमालिका र बुढीनन्दालाई दिदीबहिनीका रुपमा शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् भदौ चतुर्दशीका दिन पूजासहित मेला लाग्ने गरेको छ । धार्मीक आस्था र विश्वासको आधारमा सबैको महिमा र विश्वास समान खालको भए पनि बडीमालिका र बुढीनन्दाको बढी चर्चा हुने गरेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताउनुभयो ।
बडीमालिकाको दर्शन गर्नका लागि कैलाली, डडेलधुरा, डोटी, दार्चुला, बझाङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोटलगायत भारतको गडवाल, सिक्किमका विभिन्न ठाउँबाट दर्शनार्थी पुग्ने गर्छन् ।
बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेला र पुजाका लागि तीनदिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने धार्मिक मान्यता अनुसार गएको बिहीवार बडीमालिका नगरपालिकाले औपचारिक रूपमा सरकारी टोली पठाएको थियो । नगरपालिकाले सरकारी टोली पठाउनुअघि बिगतमा डोटी र जुम्लाबाट पूजा सामानसहीत सरकारी टोली बडीमालिका जाने गरेको थियो । बुढीनन्दा नगरपालिकाले पनि सरकारी टोलीलाई खटाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।