परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

 भदौ २, २०८१ आइतबार १३:४१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उहाँ भारत प्रस्थान गर्नुभएको हो । उहाँले पाँच दिन भारत भ्रमणमा बिताउनु हुनेछ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा जानुभएको हो । भारत भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको मन्त्रालयले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया