तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डाैकाे गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा बागमती नदीमा खसेर एक जना बङ्गलादेशी नागरिक बेपत्ता भएका छन् ।
हिजो फोटो खिच्ने क्रममा नदीमा खसेर बङ्गलादेशका नागरिक बेपत्ता भएका प्रहरीले जनाएको छ । उनको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली खटिएको छ । बेपत्ता बङ्गलादेशका नागरिकको खोजीका लागि सशस्त्र प्रहरीको नम्बर २० विपद् उद्धार गणबाट चार जना गोताखोरसहित १० जनाको टोली खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
यसैबीच हिजो नै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ र ७ मा पर्ने रानी झुल्ला जङ्गलमा घुम्न गएका बेला हराएका चार जना भारतीय र एक जना नेपाली नागरिकलाई प्रहरीले उद्धार गरेको छ । गुह्वेश्वरी गणबाट खटिएको टोलीले उनीहरूलाई राति पौने १ बजे उद्धार गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।