सूचनाको हकको कार्यान्वयनका लागि थप जिम्मेवार बन्न प्रधानमन्त्रीको आह्वान

 भदौ ३, २०८१ सोमबार ९:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकको कार्यान्वयनको लागि थप जिम्मेवार बन्न सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । राष्ट्रिय सूचना आयोग स्थापनाको १८ औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गर्नुभएको छ ।

लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको कामकारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले सही सूचनाको प्रवाहबाट मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया