बझाङमा पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई बुङ्गल नगरपालिकाले ४ लाख रुपैयाँ दिने

 भदौ ४, २०८१ मंगलबार १२:२४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई बुङ्गल नगरपालिकाले राहत स्वरूप चार लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीले मृतकका परिवारलाई तत्काल राहत स्वरूप १० हजार रुपैयाँ नगदसहित राहत सामग्री प्रदान गर्ने जानकारी दिनुभयो । साथै पालिकाले चार लाख रुपैयाँ दिने भएको छ ।

पहिरोले टुमेडागाउँका वीरबहादुर धामीको घर पुरिँदा उहाँकी श्रीमती कालीदेवी धामी, जेठी बुहारी गोल्के धामी तथा नातिनीहरू ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो ।

यसअघि सुदूरपश्चिम सरकारले पनि मृतकका परिवारलाई राहत स्वरूप प्रतिव्यक्ति एक लाख रुपयाँ दिने घोषणा गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया