‘वीर विक्रम २’ मा वर्षाको जोडी को ?

 मंसिर ९, २०७५ आइतबार ११:१५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र हो ‘वीर विक्रम २’। यो चलचित्रको यति बेला धमाधम छायांकन भइरहेको छ । छायांकनका लागि चलचित्र युनिट यतिबेला नेपालको पर्यटकीय स्थल मुस्ताङमा छ । निर्देशक चाम्स ’ वीर विक्रम २’को जम्बो टिमसहित केही दिन अघिमात्र मस्ताङ पुगेका थिए । कोरस डान्सरको जम्बो टोलीसहित मुस्ताङमा छायांकन भैरहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक मिलन चाम्सले बताए ।

चलचित्र’वीर विक्रम २’को मनाङ र मुस्ताङका रमणीय स्थानमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनका तस्बिरहरु बाहिरिएका छन् । यतिबेला चलचित्रको गीत छायांकन भइरहेको बताइएको छ । गीतमा रञ्जित गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको छ । गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

चलचित्रका सह–निर्माता अर्पण सापकोटा हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, विनिषा भण्डारीका अलवा, बुद्धि तामाङ, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य तथा बालकलाकार मनिष लिम्बुकोसमेत अभिनय रहेको छ । 

चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्र ‘वीर विक्रम २’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने चलचित्रको सम्पादन बनिष शाहको छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया