चिकित्साशास्त्रर्फकाे नाेबेल पुरस्कार अमेरिकाका दुई जना वैज्ञान...
असोज २१, २०८१ सोमबार
काठमाण्डौ – २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले अद्वैतलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुनुहुन्छ । उहाँकासमालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
यसैगरी पद्मश्री साधना सम्मान साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई प्रदान गर्ने निर्णय भएको छ । चामलिङ भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री हुनुहुन्छ ।
यस्तै पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा.केदारभक्त माथेमालाई अर्पण गर्ने निर्णय भएको पनि प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार सबै पुरस्कारहरुको राशी जनही ३ लाख नगद तथा सम्मान पत्र रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।