साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्य...
पुस ६, २०८१ शनिबार
काठमाण्डौ – देशभर हिजोदेखि निरन्तर पानी परिरहेको छ । कर्णाली र सुदूरपश्चिमा हल्कादेखि मध्यम र अरू सबै ठाउँमा घनघोर वर्षा भएको छ । मौसमविदले पूर्वानुमान गरेअनुसार नै धेरै ठाउँमा घनघोर पानी पर्दा जनजीवन प्रभावित भएको छ ।
हिजो दिउँसोसम्म पूर्वी क्षेत्रमा घनघोर वर्षा भएकोमा हिजो बेलुकीदेखि मध्य क्षेत्रमा घनघोर वर्षा भइरहेको छ भने भरे रातिदेखि पश्चिम क्षेत्रमा पनि घनघोर वर्षाको सम्भावना रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ । घनघोर र लगातार वर्षाका कारण सबैजसो नदी खोलामा बाढी आएको छ ।
सडकका ठाउ–ँठाउँमा पहिरो खसेको छ भने काठमाण्डौ उपत्यका लगायतका शहरी क्षेत्रका सडक पोखरीजस्ता भएका छन् । लगातार परेको पानीले हिँडडुल गर्न पनि समस्या भएको छ । आज दिनभर यसैगरी पानी पर्ने र भोलि बिहानदेखि मौसम क्रमिक सुधार हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।