गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
पाल्पा – रामपुरमा पसाउन लागेको धान सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि किसान चिन्तित भएका छन् । रामपुर नगरपालिका–६ की निरमाया पङ्गेनीले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा समस्या देखिएको गुनासो गर्नुभयो ।
अघिल्लो महिना अन्तिम हप्तादेखि नै धानबालीमा समस्या देखिन शुरु भएको थियो । हर्दिनाथ जातको धानमा भने समस्या नरहेको उहाँको भनाइ छ । बोट सुक्न थालेपछि दुईपटकसम्म विषादी छरेको तर विषादीले पनि काम नगरेको किसानको गुनासो छ । अहिले धान पहेँलिएर पुरै सुकेको छ ।
धानबालीमा भुरुरर उड्ने भुसुना जस्तो किरा पातमा छपक्कै बसेर पात चुसेर खाने, अनि बोट पहेँलिँदै जाने समस्या देखिएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मी बताउनुहुन्छ । सहकारीले सावित्री र हर्दिनाथ जातको झन्डै १५ हेक्टर क्षेत्रफलमा सात मेट्रिकटन बीउ उत्पादन गर्नेगरी धान लगाएको छ ।
पाल्पामा सबैभन्दा धेरै रामपुर नगरपालिकामा धानबालीमा समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताउनुभयो । विशेषगरी रामपुरको वडा नम्बर ५ र ६ मा धानमा रोगको समस्या बढी छ । रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य ठाउँमा प्रकोप देखिएको र उपचारपछि क्रमिक रूपमा सुधार भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।