गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
खोटाङ – यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको खोटाङको फोक्सिङटारको झोलुङ्गे पुलको मर्मत कार्य तीव्र रुपमा भइरहेको छ ।
पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक खण्डको सुनकोशी फोक्सिङ्टारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा आवतजावत गर्ने वातावरण मिलाउन क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत भइरहेको हो ।
खोटाङ र उदयपुर जोड्ने सुनकोशी बङ्शिलाघाट, धाप्लाङघाट र भण्डारे घाटमा जडान गरेर सञ्चालन गरिएको झोलुङ्गे पुलमा बाढीले क्षति गरेको थियो । दशैँको टीकाअघि सुनकोशीका तीनवटै घाटको झोलुङ्गे पुल पुनःसञ्चालनमा ल्याउनेगरी मर्मत कार्यलाई तीव्रता दिइएको सम्बन्धित जनप्रतिनिधिहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।