गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डौ – मेलम्ची नदीबाट काठमाण्डौको सुन्दरीजलमा दैनिक २२ करोड लिटर पानी आए पनि १८ करोड लिटर मात्रै वितरण भइरहेको छ । प्रशोधन केन्द्रको क्षमताका कारण १८ करोड लिटर पानी मात्रै वितरण भएको र झण्डै चार करोड लिटर पानी बाग्मतीमा बगाइएको आयोजनाले जनाएको छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले विगतका वर्षहरुमा भन्दा यो पटक बर्खा सकिनेवित्तिकै छिटै काठमाण्डौमा पानी ल्याइएको बताउनुभयो ।
पानी पठाउने संरचनामा निरन्तर अनुगमन गरेर क्षतिबाट बचाएकोले समयमै पानी काठमाण्डौमा पठाउन सकिएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँले काठमाण्डौ उपत्यकामा हिजोबाट दैनिक १८ करोड लिटर पानी प्रशोधन गरेर वितरण भइरहेको बताउनु भयो । उहाँले चार करोड लिटर पानी भने बाग्मती नदीमा बगाइएको बताउनु भयो ।
अहिले मेलम्ची नदीमा ४० करोडदेखि ५० करोड लिटर पानी रहे पनि सबै पानी सुरुङमा नहालिएको उहाँले बताउनुभयो । सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता बढीमा १८ करोड लिटर मात्रै रहेकाले बाँकी रहेको झण्डै चार करोड लिटर पानी बाग्मती नदीमा छोडिरहेको उहाँले बताउनुभयो ।
कार्यकारी निर्देशक लामिछानेले मेलम्चीबाट आएको पानी सीधैँ पिउनयोग्य भएको पनि बताउनु भयो । उहाँले मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिएको भन्दै पुरानो लाइनबाट गएको पानी भने पाइपहरुको टुटफुटका कारण प्रदुषित हुन सक्ने उल्लेख गर्नुभयो ।
कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मेलम्ची आयोजनाको नयाँ लाइनबाट आएको पानी भने नउमालिकनै पिउन सकिने गुणस्तरमा रहेको बताउनु भयो ।
२०७८ साल असार १ गते र साउन १६ र १७ गते मेलम्ची नदीमा आएको बाढीले पानी डाइभर्सन गर्न बनाइएको हेडवक्सका संरचना पूर्णरुपमा नष्ट भएपछि आयोजनाले बर्खाको समयमा पानी काठमाण्डौमा पठाउन बन्द गरेर बर्खा सकिएपछि मात्रै पठाउने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।