ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथिको प्रतिबन्ध हट्यो

 असोज २४, २०८१ बिहीबार १५:२८:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ब्राजिलको सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्लेटफर्म एक्स अर्थात ट्विटरमाथिको प्रतिबन्ध हटाएको छ । अदालतको फैसलाको पालना नगरेको कारण एक महिना भन्दा लामो समय प्रतिबन्ध लगाएपछि हिजो एक्समाथिको प्रतिबन्ध खुला गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एक्सले ब्राजिल सरकारलाई ५ करोड १७ लाख अमेरिकी डलर जरिवाना तिरेपछि न्यायाधीश अलेक्जेन्डर डी मोरासले प्रतिबन्ध हटाउनुभएको हो ।

उहाँले प्रतिबन्ध हटाइएको घोषणा गर्दै ब्राजिल इन्टरनेट लिमिटेडलाई एक्समाथिको प्रतिबन्ध तत्काल शुरु गर्न अनुमति दिनुभएको छ । यो निर्णय लागू गर्न र २४ घण्टा भित्र सर्वोच्च अदालतमा रिपोर्ट पेस गर्न न्यायाधीस मोरासाले निर्देशन दिनुभएको छ ।

ब्राजिलमा कानुनी प्रतिनिधि नियुक्त गर्न अस्वीकार गरेको र अदालतको आदेशको अवहेलना गरेको आरोपमा त्यहाँको सर्वोच्च अदालतले एक्समाथि गएको अगस्टमा प्रतिबन्ध लगाएको थियो भने जरिवाना नदिएको आरोपमा ३० जना कर्मचारीलाई पक्राउ परेका थिए । अहिले एक्सले जरिवाना तिरेर कानुनी प्रतिनिधि पनि नियुक्त गरेको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया