भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – इङ्गिलस प्रिमियर लिग फुटबलमा बर्नमाउथले म्यानचेष्टर सिटीलाई २–१ ले हराउँदै ऐतिहासिक जीत निकालेको छ । एन्टोइन सेमेन्यो र इभानलिसनको गोलमा बर्नमाउथले पहिलो पटक सिटीलाई पराजित गरेको हो ।
गएराति भएको खेलमा सिटीका लागि जस्को गार्डिओलले गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् । लिगमा साविक विजेता सिटीको यो पहिलो हार पनि हो । हारपछि सिटी १० खेलबाट २३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ ।
अर्को खेलमा ब्राइटनलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको छ । लिभरपुलले ब्राइटनलाई २–१ गोलले हरायो । लिभरपुलको १० खेलमा २५ अङ्क भएको छ । अरु खेलमा आर्सनल न्युकासलसँग १–० गोलले पराजित भयो । १८ अङ्क रहेको आर्सनल चौथो स्थानमा झरेको छ ।
त्यस्तै वेष्टह्याम युनाइटेडलाई ३–० ले हराउँदै नटिङहम फरेस्ट तेस्रो स्थानमा उक्लिएको छ । फरेस्टको १० खेलमा १९ अङ्क भएको छ । साउथह्याम्पटनले एभरटनलाई १–० ले हराउँदा लेस्टर सिटी र इपस्विच टाउनले १–१ को बराबरी खेल्दै अङ्क बाँडेका छन् । प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् । आज टोटनहम र एस्टन भिल्ला तथा म्यानचेस्टर युनाइटेड र चेल्सीबीच खेल हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।