१९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोट : नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित

 कात्तिक २४, २०८१ शनिबार १४:४४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ – १९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटको तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाइन् । साना प्रविन र सोनी पाख्रिनले समान १९ तथा ज्योत्सिका मरासिनीले अविजित ११ रन बनाइन । युएईका मेहक ठाकुर, लाभन्या केन्य र इदुजा नन्दकुमारीले समान एक विकेट लिए ।

त्यसअघि युएईको अजमानमा टस जितेर ब्यटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २२ रनको बनाएको थियो । युएईका लागि रनिथा रजिथाले सर्वाधिक ४८ रन बनाइन् । नेपालका लागि रिया शर्माले तीन तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान एक विकेट लिए ।

जीतसँगै युएई तीन खेलमा छ अङ्गसाथ तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल समान खेलमा चार अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी १९ वर्ष मुनीको महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनीको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया