च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न पाकिस्तान नजाने भारतको निर्णय

 कात्तिक २४, २०८१ शनिबार १६:५६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – भारतले च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न पाकिस्तान नजाने निर्णय गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई पत्र लेखेर सुरक्षाका कारण आफ्नो टोली पाकिस्तान जान नसक्ने जानकारी गराएको ईएसपीएन क्रिकइन्फोले जनाएको छ ।

भारत सरकारले नै बीसीसीआईलाई पाकिस्तान नजान सल्लाह दिएकोले यस्तो निर्णय भएको बीसीसीआईलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । भारतको टोली पाकिस्तान नजाने भएपछि यसअघिको एशिया कपमा जस्तै हाइब्रिड मोडल अपनाउनुपर्ने भएको छ । भारतले खेल्ने खेलहरु यूएई वा श्रीलङ्का जस्तै अरू देशमा खेलाउनुपर्नेछ । तर पाकिस्तानले हाइब्रिड मोडल अस्वीकार गरिसकेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष मोहसिन नकवीले हिजो मात्रै हाइब्रिड मोडेल प्रयोग गर्न अस्वीकार गरेका थिए । आठ टोलीले खेल्ने च्याम्पियन्स ट्रफी आउँदो वर्ष सन् २०२५ को १९ फेब्रुरुअरीदेखि ९ मार्चसम्म पाकिस्तानका तीन वटा स्टेडियममा खेलाउने तालिका छ ।

यसअघि भारतमा भएको एकदिवशीय विश्वकपमा पाकिस्तान सहभागि भए पनि गएको वर्ष पाकिस्तानमा भएको एशिया कपमा भारत पाकिस्तान गएको थिएन । एशिया कपका धेरैजसो खेल श्रीलङ्कामा भएका थिए ।

च्याम्पियन्स ट्रफी प्रतियोगितामा अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इङ्गल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका रहेका छन् । राजनीतिक सम्बन्धका कारण भारतले २००८ को एशिया कपपछि पाकिस्तानको भ्रमण गरेको छैन ।  

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया