भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनशिपमा रजत पदक जितेका छन् । अमेरिकाको क्यालिफोर्नियामा रहेको आर्काडिया हाई स्कुल जिम्नाजियममा हिजो भएका प्रतियोगितामा भूपेन्द्रले दुई स्पर्धामा दुई रजत जितेका हुन् ।
ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेशन यूएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फर्म्समा प्रतिस्पर्धा गरेका थिए ।
भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनशिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङ फु च्याम्पियनशिप र सन् २०२२ मा बेलायतमा भएको युरोपियन च्याम्पियनशिपमा स्वर्ण जितेका थिए ।
भूपेन्द्र गुरुङले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङ फु च्याम्पियनशिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।