मधेशमा अपाङ्गता भएका बालबालिका बढी
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – आउँदो १५ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) हुँदैछ । आठ टिम रहने प्रतियोगितामा विदेशी खेलाडीले पनि खेल्दैछन् । एनपीएलको लागि त्रिवि मैदानलाई आकर्षक र व्यवस्थित बनाउने काम भइरहेको छ । दर्शक बस्ने ठाउँ, खेलकुदका पदाधिकारी र अतिथिका लागि छुट्टै व्यवस्था गरिएको छ । मैदानको बीच भागमा आठ वटा पीच निर्माण भएका छन् । एनपीएलमा खेलाडी र खेल हेर्ने दर्शकका लागि नयाँपन महसुस हुने गरी मैदान स्तरोन्नति भइरहेको नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामा बताउनुहुन्छ । ‘क्यानले गर्नुपर्ने सबै काम अन्तिम चरणमा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘मैदानको बाउन्ड्री, डिजिटल स्कोर बोर्डसहित अस्थायी संरचना बनिरहेका छन् ।’
कुन–कुन संरचना नयाँ थपियो ?
त्रिवि क्रिकेट मैदानमा पहिलो पटक डिजिटल स्कोर बोर्ड र छुट्टै फ्यान जोन अर्थात् दर्शकले खेल हेर्ने ठाउँ नयाँ विशेषताको रूपमा रहेको छ । क्यानले दर्शकका लागि भीआईपी टिकट, भीभीआईपी लाउन्ज र ओनर्स लाउन्ज गरी तीन वटा क्षेत्र छुट्टाएको छ । त्यस्तै व्यवस्थित साइड स्क्रिन, मिडिया बक्स, अभ्यास मैदानमा पनि छ वटा पीच बनाइएका छन् । गत छ महिनादेखि क्यानले एनपीएललाई मध्यनजर गर्दै मैदानमा काम गरिरहेको क्यानका प्रवक्ता लामाले बताउनुभयो । ‘त्रिवि मैदानकै क्युरेटर र बङ्गलादेशका क्युरेटरले मैदान र पीच बनाएका हुन्’ उहाँले भन्नुभयो, ‘आउटफिल्ड पनि राम्रो भएको छ, अहिले हेर्दा जति राम्रो देखिएको छ उत्तिकै मेहनत पनि भएको छ ।’
दर्शकका लागि ‘फ्यान जोन’ र कुर्सीसहितको प्याराफिट
त्रिवि क्रिकेट मैदानमा महत्वपूर्ण खेल हुँदा दर्शक व्यवस्थापन चुनौतीका रूपमा रहँदै आएको छ । रङ्गशालामा प्रवेश नपाएपछि दर्शकले रुखमा चढेर पनि खेल हेर्ने गर्थे । यसअघि दर्शकका लागि शौचालयको सुविधा थिएन । यसपटक भने क्यानले १५ हजार दर्शक अट्ने क्षमताको ठाउँसँगै शौचालय पनि बनाएको छ । क्यानले विशिष्ट दर्शकका लागि पहिले मिडिया बक्स रहेको ठाउँमा १५ सय जना अट्ने अस्थायी रूपमा प्याराफिट निर्माण गरेको छ । साथै प्याराफिटमा रङ्गशालामा प्रयोग हुने कुर्सी पनि जोडिएको छ । यसअघि भीभीआईपी बस्ने ठाउँमा अहिले मिडिया बस्क रहने क्यानले जनाएको छ । एनपीएलका लागि टिकटको मूल्य भने अहिलेसम्म तोकिएको छैन । तर टिकको मूल्य धेरै नहुने क्यानले जनाएको छ । ‘टिकटको जिम्मा खल्ती एपलाई दिएका छौं’ प्रवक्ता लामाले भन्नुभयो, ‘दर्शकले आफूले चाहेअनुसारको क्षेत्रमा बसेर खेल हेर्न सक्छन् । हामीले दर्शकका मोटरसाइकल र गाडीको लागि पनि पार्किङको व्यवस्था गरेका छौं ।’
एनपीएलकै लागि भनेर अहिले त्रिवि मैदानमा अस्थायी प्याराफिट बनाएर कुर्सी राख्ने काम भइरहेको छ । त्रिवि मैदानमा दर्शकका लागि पहिलो पटक कुर्सीको व्यवस्था हुन लागेको हो । भिआइपी टिकट लिएर झन्डै १५ सय दर्शकले कुर्सीमा बसेर एनपिएलका खेल हेर्न पाउने प्रवक्ता लामाले बताउनुभयो । त्रिवि मैदानमा अहिले नयाँ साइड स्क्रिन (ब्याटरको सिधा अगाडि र पछाडि को भाग) बनेको छ । अहिले बनेको साइड स्क्रिनलाई आवश्यकता अनुसार सार्न मिल्छ । यसपटक साइड स्क्रिनको नजिकै दर्शकलाई बस्न पनि दिइने छैन । मैदानमा यसअघि लेखिएको स्कोर बोर्डमार्फत् रन र विकेट देखाउने गरिएकोमा अब भने डिजिटल स्कोर बोर्डबाट रन र विकेट हेर्न सकिनेछ । राष्ट्रिय खेलकुद परिषदको सहयोगमा यो स्कोर बोर्ड जडान भएको हो । यस्तै एनपीएलका लागि भनेर क्यानले मैदान बाहिर नयाँ अभ्यास नेट बनाएको छ । अभ्यास नेटमा छ वटा पीच निर्माण गरिएको छ ।
एनपीएल चर्चित भारतीय स्टार स्पोर्टस् च्यानलमा देखाइने
एनपीएल स्टार स्पोर्ट्समा प्रसारण हुने क्यानले बताएको छ । नेपाली खेलकुद मात्रै नभई अन्य क्षेत्रमध्येमा नेपाली क्रिकेट अन्तर्राष्ट्रिय च्यानलमा प्रसारण हुने पहिलो बन्दैछ । ‘यसले सारा नेपालीलाई खुशीको महसुस गराउने छ । स्टार स्पोर्ट्समा प्रसारण गर्न त्यति सजिलो थिएन’ प्रवक्ता छुम्बी लामाले भन्नुभयो, ‘धेरै मेहनतपछि क्यानले सम्झौता गरेको हो । एनपीएललाई क्यानले अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छ ।’ प्रशारण बारे केही गुनासा आए पनि नेपालको कानूनअनुसार नै क्यानले सम्झौता गरेको प्रवक्ता लामाले बताउनुभयो ।
फ्लडलाइटमा खेल्ने सपना अधुरै
त्रिवि मैदानमा फ्लडलाइट अर्थात् रातिमा पनि खेल्न सकिने बत्ति अत्यावश्यक बनेको छ । फ्लडलाइट नहुँदा रातिमा खेल गराउन सकिएको छैन । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेलामा नै मैदानमा फ्लडलाइट जोड्ने भनिएको थियो । तर कुनै पनि निर्माण कम्पनीबाट टेन्डर नपर्दा काम शुरु हुन सकेन । गएको असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले तीन सय दिनभित्र त्रिवि अन्तर्राष्ट्रिय मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको थियो । तर आजसम्म मैदानमा फ्लडलाइटका लागि काम शुरु हुन सकेको छैन ।
एनपीएलको खेल तालिका
नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका अनुसार उद्घाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्ट मङ्सिर १५ गते शनिवार दिउँसो सवा १२ खेल्नेछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । मङ्सिर १६ गते उपचुनावका कारण खेल हुने छैनन् ।
१७ गतेदेखि भने दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान सवा ९ बजे र दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछ । लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्नेछ । लिगको शीर्ष दुईमा रहने टोलीले सीधै क्वालिफायर खेल्ने छ । पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीले सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा गर्नेछन् ।
खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अङ्क तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नुपर्नेछ ।
अङ्क तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै एलिमिनेटर खेल्नेछन् । एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विकाश चापागाईँ उज्यालाेमा कार्यरत हुनुहुन्छ।