नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्कासँग खेल्दै

 मंसिर ८, २०८१ शनिबार ११:८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिका लाहोरमा नेपाली समयअनुसार बिहान सवा ११ खेल्दैछन् ।

यस्तै नेपालले आफ्नो पहिलो खेलमा यही समयमा श्रीलङ्कासँग खेल्दैछ । चौथो संस्करणको नेत्रहीन क्रिकेट टी–२० विश्वकप पाकिस्तानमा आजदेखि डिसेम्बर ३ तारिखसम्म चल्नेछ । खेलहरु लाहोर र मुल्तानमा हुने छन् ।

नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर २४ तारिखमा बङ्गलादेशसँग, तेस्रो खेलमा अफगानिस्तानसँग नोभेम्बर २५ तारिखमा, चौथो खेल दक्षिण अफ्रिकासँग नोभेम्बर २६ तारिखमा तथा पाँचौँ खेल नोभेम्बर २७ तारिखमा पाकिस्तानसँग खेल्नेछ ।

नेपाल र भारतबीच नोभेम्बर २९ तारिखमा खेल हुने तालिका थियो । तर भारत सहभागी नभएपछि नेपालले वाक ओभर पाएको छ । यो प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सहभागी छन् ।

भारतले आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको हो । भारतले खेल्ने लिग चरणका खेलमा उससँग खेल्ने टोलीले वाक ओभर पाउनेछन् । आजै भारत र बङलादेशबीच पनि खेल हुने तालिका थियो ।

लिग चरणमा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल डिसेम्बर ३ तारिखमा मुल्तानमा हुनेछ । यो विश्वकप खेल्न हवाई टिकटका लागि रकम अभाव भएपछि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको छ । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया