एनपीएल : विराटनगरले दियो जनकपुरलाई १ सय २८ रनको लक्ष्य
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – विद्युत नियमन आयोगले उद्योगमा लाइन नकाट्न नेपाल विद्युत प्राधिरकरणलाई निर्देशन दिएको छ । आयोगको हिजोको बैठकले प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयोगले मन्त्रिपरिषदको निर्णयअनुसार उद्योगीसँग असुल गर्न भनेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयले प्राविधिक समिति बनाएको हुनाले तथ्य स्थापित नगरेसम्म काम कारबाही यथास्थितिमा राख्नको लागि पनि आयोगले प्राधिकरणलाई पत्राचार गरेको छ । पत्रमा उद्योगीले बढी शुल्क बुझाएको भए मिलान गर्ने र कम बुझाएका भए तिर्नुपर्ने विषय उल्लेख रहेको आयोगले जनाएको छ ।
गएको कात्तिक २५ को मन्त्रिपरिषद बैठकले टाइम अफ डे (टीओडी) मिटरसमेतको आधारमा गणना गरेर १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो । त्यसपछि कात्तिक २७ मा विद्युत प्राधिकरण सञ्चालक समितिले मङ्सिर १२ अर्थात आजसम्ममा डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बुझाउन उद्योगीलाई भनेको थियो ।
प्राधिकरणले बक्यौता बुझाउन उद्योगीलाई अवधि सकिन एक दिनअघि नियमन आयोगले टीओडी मिटरसमेतका आधारमा गणना गरेर मात्र असुलीलाई निरन्तरता दिन निर्देशन दिएको छ ।
प्राधिकरणले काटेका बिलबिजकलाई टीओडी मिटरको मूल्य निर्धारण र प्राविधिक पक्ष अध्ययन गर्न यही मङ्सिर २ गते राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरविन्दकुमार मिश्रको संयोजकत्वमा समिति गठन भएको छ । समितिले सरकारलाई प्रतिवेदन नबुझाएसम्म थप कारबाही नगर्न पनि आयोगले प्राधिकरणलाई निर्देशन दिएको छ ।
प्राधिकरणले टीओडी मिटरको विवरण नभएको बिल पठाएको उद्योगीले गुनासो गरेपछि सरकारले विद्युत महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसाबले आवश्यक जाँच गरी टीओडी मिटरसमेतको आधारमा प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।