डोल्पाकाे शे–फोक्सुण्डो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्यो

 मंसिर १२, २०८१ बुधबार १२:६:४७ | रासस
unn.prixa.net

डोल्पा – डोल्पाको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवम् बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गएको साउनदेखि कात्तिकसम्ममा स्वदेशी र विदेशी गरी एक हजार ६ सय ३२ पर्यटक फोक्सुण्डो ताल क्षेत्रमा आएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक धेरै छन् ।

पाँच महिनामा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र अन्य राष्ट्रका गरी तीन सय २६ जना पर्यटकले शे–फोक्सुण्डो घुमेका र त्यसबाट १० लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको अर्यालले बताउनुभयो ।

फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, शे–गुम्बा, धो तरापजस्ता सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्य डोल्पामै पर्ने भएकाले केही वर्षयता आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको त्रिपुरासुन्दरी नगरपालिका–१ का लक्ष्मण देवकोटाले बताउनुभयो ।

नेपालगञ्ज–डोल्पा उडान नियमित गरेमा, भेरी करिडोरको सुधार तथा सुविधायुक्त होटलको व्यवस्था भएमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया