आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने सम्भावना

 मंसिर १२, २०८१ बुधबार १८:१४:४८ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२५ को च्याम्पियन्स ट्रफीको संस्करणका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने तयारी गरेको छ ।

च्याम्पियन्स ट्रफी मूल रूपमा अर्काे वर्ष पाकिस्तानमा हुने तय भएको छ । क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकबजको रिपोर्टअनुसार अर्काे वर्षको फेब्रुअरी–मार्च महिनामा हुने आठ वटा टोलीको प्रतियोगिताका लागि भारतले पाकिस्तान नजाने निर्णय गरेपछि आईसीसीले च्याम्पियन्स ट्रफीको स्थलबारे छलफल गर्न पर्सि शुक्रवार निर्देशक बोर्डको बैठक बोलाएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तान भ्रमण नगर्ने निर्णय आधिकारिक रूपमा घोषणा नगरे पनि बोर्डले आफ्नो योजना पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र आईसीसीलाई जानकारी गराएको खबरमा उल्लेख छ ।

पीसीबीले पटक पटक हाइब्रिड मोडललाई अस्वीकार गर्दै सबै खेल पाकिस्तानमा नै खेलिने बताएको छ, तर पछिल्लो जानकारीअनुसार हाइब्रिड मोडलमा पाकिस्तानमा १० तथा अर्काे देशमा एक सेमिफाइनल र फाइनलसहित पाँच वटा खेल खेलाउनेबारे आईसीसीको छलफलका क्रममा प्रस्तावित हुने अपेक्षा गरिएको छ ।

सम्भावित सम्झौताको रूपमा आईसीसीले हाइब्रिड मोडेलको प्रभावलाई कम गर्न प्रयास गर्न सक्ने र भारत अन्तिम चार वा अन्तिम दुईमा छनोट हुन नसक्ने सम्भावित परिदृश्यमा पाकिस्तानमा नै सेमिफाइनल र फाइनल दुवै आयोजना गर्न सहमत हुन सक्ने क्रिकबजको रिपोर्टमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया