सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योल...
मंसिर २४, २०८१ सोमबार
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गबीच भेटवार्ता भएको छ । फ्लोरिडाको मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटपछि यसअघि चिसिएको उहाँहरूको सम्बन्धमा एक किसिमले सुधार आएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति चुनाव अघिदेखि ट्रम्पको प्राविधिक क्षेत्रका अर्का प्रमुख व्यक्तित्व 'एक्स' का मालिक एलोन मस्कसँग उच्चस्तरको सबन्ध रहेको छ । ट्रम्पले मस्कलाई प्रमुख जिम्मेवारी पनि दिइसक्नुभएको छ । तर ट्रम्प र जुकरबर्गबीच भने ऐतिहासिक रूपमा त्यस्तो कुनै निकटता छैन ।
ट्रम्पले मेटा मालिकलाई यसअघिको राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेल सजायको धम्कीसमेत दिनुभएको खबरमा उल्लेख छ । यद्यपि पछिल्लो समय उहाँहरूबीचको तनावपूर्ण सम्बन्ध सुधार भइरहेका बुझ्न सकिन्छ । यो अमेरिकी भविष्यका लागि महत्त्वपूर्ण समय रहेको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।