सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योल...
मंसिर २४, २०८१ सोमबार
काठमाण्डाै – नेपाल र चीन दुवै देशले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले आज एकसाथ विज्ञप्ति निकालेर भ्रमणको औपचारिक घोषणा गरेका हुन् ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली आउँदो मङ्गलवार पाँच दिने चीन भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग भेटवार्तासँगै पेकिङ विश्वविद्यालयमा हुने कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैबीच प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा चीन पुग्नुभएको छ । सिचुवान प्रान्तको छेन्दुमा पुग्नुभएकी राणाले त्यहीँ चीनका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका बेला हस्ताक्षर गर्ने तयारी गरेको भनिएको 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) कार्यान्वयनको खाका सम्बन्धमा छलफल गर्ने तयारी छ । तर सम्झौताको खाकामा सत्ताधारी दलहरू र नेपालभित्रै सहमति जुट्छ कि जुट्दैन भन्ने अझै निश्चित भएको छैन । प्रधानमन्त्रीको चीन भ्रमण र भ्रमण दल स्वीकृत गरेको बिहीवारको मन्त्रिपरिषद् बैठकले पनि चीन भ्रमणका एजेन्डाहरू स्वीकृत गरेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।