सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योल...
मंसिर २४, २०८१ सोमबार
काठमाण्डाै – निर्वाचन आयोगले आचारसंहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । गएराति गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।
स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा कीर्तिपुरका राजमान महर्जन, मीनबहादुर मानन्धर, शिवशरण महर्जन, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायत रहेका छन् । पर्सि आइतवार हुने पालिका उपचुनावको मौन गएराति १२ बजेदेखि लागू भएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने चुनावी प्रचारप्रसार निषेध अवधि गएराति १२ बजेदेखि शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच पर्सि आइतवार हुने चुनावको नतिजा मङ्गलवारभित्र आइसक्ने निर्वाचन आयोगले जनाएको छ । धेरै ठाउँमा सोमवार नै नतिजा सार्वजनिक हुने र ढिला भएमा पनि मङ्गलवारसम्म नतिजा सार्वजनिक भइसक्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
पालिकामा रिक्त रहेका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित ४१ वटा पदका लागि आइतवार मतदान हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।