सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योल...
मंसिर २४, २०८१ सोमबार
काठमाण्डाै – बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलमा रहेकाे पानी प्रशोधन केन्द्रबाट बाग्मती नदीमा थप पानी छाडिएको छ ।
आज साँझ पशुपतिमा रहेकाे कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिवार बिहान शतबीज छर्ने परम्परा रहिआएको छ । हिजाे साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बाग्मती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बाग्मतीमा छाड्दै आएको थियौँ, बिहीवारदेखि थप झन्डै चार करोड लिटर पानी बाग्मती नदी सफा गर्नका लागि छाडेका छौँ ।’
काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई बालाचतुर्दशीका दिन पशुपतिनाथमा रहेकाे कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्य कार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन खानेपानी मन्त्री प्रदीय यादवले निर्देशन दिइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।