सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेन : प्रचण्ड

 मंसिर १४, २०८१ शुक्रबार १५:१४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन (प्याब्सन) आज ले काठमाण्डौमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा अध्यक्ष प्रचण्डले शिक्षालाई सरकारले उच्च प्राथमिकता दिने भनेको भए पनि व्यवहारतः लागू हुन नसकेको जिकिर गर्नुभयो । विकसित देशका लागि पनि पहिलो प्राथमिकता शिक्षामा सुधार नै रहेको उल्लेख गर्दै उहाँले देश, कालअनुसार परिमार्जन गर्नुपर्ने उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘शिक्षा समाजको शक्ति हो । विकसित देशका लागि पनि पहिलो प्राथमिकता शिक्षामा सुधार नै हुने गर्दछ । शिक्षा देश, काल, परिस्थितिअनुसार विकसित र परिमार्जित गर्दै लानुपर्ने विषय पनि हो । त्यस कारण यसलाई उच्च प्राथमिकता दिनुपर्नेछ । हामीकहाँ पनि शिक्षालाई उच्च प्राथमकिता दिने कुरा गर्छाैँ तर व्यवहारमा लागू गर्न सकेका छैनाैँ ।’

यस्तै प्रचण्डले सङ्कटको परिस्थितिमा विद्यालयको पुनर्निर्माण, पुनर्स्थापना, अनलाइन कक्षाको सञ्चालन र विद्यार्थी सहायता कार्यक्रमहरूमा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्य निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया