सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योल...
मंसिर २४, २०८१ सोमबार
काठमाण्डाै – नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा चार देशका पाँच वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल भलिबल सङ्घको आयोजना र सेन्ट्रल एशियन भलिबल सङ्घ (काभा) को संयोजनमा यही मङ्सिर २२ देखि २९ गतेसम्म काभा भलिबल क्लब च्याम्पियनशिप हुँदैछ । प्रतियोगितामा नेपालबाट लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशसहित इरानको चादौर मालो क्लब, भारतको कालिकट हिरोज र माल्दिभ्सको एचडीसी क्लबले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
भलिबल सङ्घले क्लब च्याम्पियनशिप गर्न झन्डै एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २५ लाख रुपैयाँ अनुदान प्रदान गर्ने र बाँकी रकम विभिन्न सङ्घ–संस्थाबाट प्रायोजन लिने सङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।