जुम्लाको पातारासीमा फोरजी सेवा सञ्चालन

 मंसिर १९, २०८१ बुधबार १२:४५:१४ | रासस
unn.prixa.net

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि त्यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् ।

टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ । जिल्लाको विकट गाउँमा रहेको पातारासी–२ मा अस्तिदेखि टेलिफोन सेवा सञ्चालनमा आएको हो ।

नेपाल टेलिकमले टावर स्थापना गरेसँगै गाउँपालिकाका वडा नम्बर १, २ र ३ का स्थानीयवासी पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका वडाध्यक्ष बलबहादुर बोहोराले बताउनुभयो ।

ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख सुवास शाहले बताउनुभयो । जुम्लाका आठ वटै पालिकाका १८ ठाउँबाट सञ्चार सेवा प्रवाह भएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया