काठमाण्डाैसँग हारेसँगै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
मंसिर २६, २०८१ बुधबार
काभ्रे – काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ३ पानटेखोलाका फडिन्द्रप्रसाद तिमल्सिनाले असोज दोस्रो हप्ता घर बगाएदेखि छिमेकीको घरमा शरण लिइरहनुभएको छ । घरसहित अन्नपात र लत्ताकपडासमेत गुमाएपछि विस्थापित भएको उहाँको परिवार विचल्लीमा छ । पाल टाँगेर बस्न चिसो बढेको छ । घर बनाउने जग्गा त बाँकी छैन नै सरकारले दिने भनेको रकमको पनि टुङ्गो छैन ।
असोज दोस्रो हप्ताको बाढी पहिरोबाट पीडित बनेका काभ्रेका सयौं परिवारको अवस्था फडिन्द्रप्रसाद तिमल्सिनाको जस्तै छ । घरसहित परिवारका सदस्य गुमाएका ७९ सहित घर भत्किएका सयौं परिवारमध्ये कोही छिमेकीकोमा त कोही पालमा जीविका चलाइरहेका छन् । घर, बारी बगाएर उजाडिएको बस्ती तथा बगाएको खेतको नामोनिशान नहुँदा कतिपय परिवार विच्छिप्त अवस्था भेटिन्छन् ।
बेथानचोक र रोशी गाउँपालिका तथा पनौती नगरपालिकाका पीडितहरूको अवस्था दयनीय बनेको छ । तर आफूहरूको समस्या समाधानका लागि पालिका, प्रदेश र सङ्घीय सरकार कसैले पनि तदारुकता नदेखाएका पीडितहरू बताउँछन् । क्षतिको यकिन विवरण तयार नहुँदा सरकारले दिन लागेको अल्पकालीन राहत रकम समेत पीडितहरूले पाएका छैनन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले गएको कात्तिक अन्तिम हप्ता नै बाढी, पहिरोले जनधनको क्षति पुर्याएकोबारे छिटो पूर्ण विवरण पठाउन पालिकालाई निर्देशन दिए पनि त्यसको कार्यान्वयन भएको छैन । पालिकाले विवरण पठाएपछि मात्रै राहत तथा पुनर्वासको कार्यक्रम शुरू हुने भएकोमा पालिकाहरूले विवरण नै नपठाएका काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।