काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा

 मंसिर २७, २०८१ बिहीबार १८:२९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : काभा

काठमाण्डाै – काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा भएको छ । इरानको १८ वर्षमुनिको क्लब लिगको शीर्ष स्थान, नेपालको हेल्प नेपाल स्पोर्ट्स क्ल दोस्रो स्थान, भारतको क्यालिकट हिरोज तेस्रो स्थान र माल्दिभ्सको क्लब एचडीसी चौथो स्थानमा रहे ।

आज भएको लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेश भलिबल सङ्घले क्यालिकट हिरोजसँग तीन–शून्यको सोझो सेटको हार बेहोर्दै समूह चरणबाट बाहिरियो । यस्तै आजको पहिलो खेलमा इरानको युवा टोलीले हेल्प नेपाललाई तीन–एकको सेटमा हरायो ।

काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको पहिलो सेमिफाइनलमा भोलि दिउँसो साढे २ बजे इरानको युवा टोली र क्यालिकट हिरोज खेल्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बेलुकी ५ बजे हेल्प नेपाल र एचडीसी क्लब खेल्नेछन् । फाइनल खेल पर्सि शनिवार बेलुकी साढे ४ बजे हुनेछ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया