नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली

 मंसिर २८, २०८१ शुक्रबार १३:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल–चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको छ । काठमाण्डौमा नानहाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गर्नुभयो ।

उहाँले यस्ता सम्मेलनले नेपाल र चीनबीचका मात्रै नभइ अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुरबीचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले एशियाका ज्योतीको रुपमा परिचित गौतमबुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले नेपालबाट विश्वमा शान्तिको सन्देश दिन सक्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले गौतम बुद्धका शिक्षाले शान्ति, करुणा, जनतामा समझदारी र मार्ग दर्शन गर्ने बताउनु भयो । 

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया