सन् २०२४ मा कम्तीमा ६८ जना पत्रकार मारिए : युनेस्काे प्रतिवेदन

 मंसिर २८, २०८१ शुक्रबार १८:२४:१३ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्वीर

सन् २०२४ पत्रकार र सञ्चारकर्मीका लागि निकै खतरनाक रहेको संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले जनाएको छ ।

सन् २०२४ मा अहिलेसम्म ६८ जना पत्रकार र सञ्चारकर्मी कर्तव्यपालनाका क्रममा मारिएका युनेस्कोको प्रतिवेदनमा उल्लेख छ । ६० प्रतिशतभन्दा धेरै हत्या द्वन्द्वग्रस्त देशहरूमा भएका र यो सङ्ख्या पछिल्लो दशकमा सबैभन्दा धेरै भएको प्रतिवेदनमा उल्लेख छ ।

युनेस्कोले यो वर्ष द्वन्द्व र युद्ध क्षेत्रमा ४२ जना पत्रकार मारिएका जनाएको छ जसमा सबैभन्दा धेरै प्यालेस्टाइनमा १८ जना पत्रकार र सञ्चारकर्मी मारिएका छन् । युक्रेन, कोलम्बिया, इराक, लेबनान, म्यानमार र सुडानजस्ता अन्य देशहरूमा पनि धेरै जना पत्रकार मारिएका र यसले हिंसा र अस्थिरताका क्षेत्रमा बढेको जोखिमलाई सङ्केत गरेको प्रतिवेदनमा उल्लेख छ ।

युनेस्कोकी महानिर्देशक अड्री अजौलेले विश्वलाई जानकारी दिन तथा द्वन्द्व, युद्ध र सङ्कटबाट प्रभावित जनसङ्ख्यालाई मद्दत गर्न भरपर्दाे सूचना अत्यावश्यक रहेको बताउनुभयो । कामका लागि पत्रकारले आफ्नो ज्यान त्याग्नुपर्ने कुरा अस्वीकार्य रहेको महानिर्देशक अजौलेले उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय कानूनबमोजिम सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्नका लागि कदम चाल्न सबै देशहरूसँग उहाँको आग्रह छ ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया