टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना, सचेत रहन आग्रह

 पुष ४, २०८१ बिहीबार ५:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको भन्दै कम्पनीले सचेत रहन आग्रह गरेको छ ।

टेलिकमले विज्ञप्ति निकालेर ‘नेपाल टेलिकमले क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पाँच हजार रूपैयाँ नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर फेसबुक ग्रुप र मेसेन्जरजस्ता सामाजिक सञ्जालमार्फत गरिएको प्रचार झुटो भएको जनाएको छ ।

टेलिकमले यस्ता सूचना गलत भएको भन्दै आधिकारिक जानकारीका लागि कम्पनीको ब्लु टिकसहितको फेसबुक पेज, एक्स (ट्विटर) र आधिकारिक वेबसाइट मात्र आधार  मानेर कम्पनीका सेवाबारेमा अद्यावधिक हुन अनुरोध गरेको छ ।        

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया