एसईईका लागि परीक्षा आवेदन फाराम खुल्यो

 पुष १२, २०८१ शुक्रबार ९:२५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गते भित्र परीक्षा दस्तुर पाँच सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको छ ।

सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्ने लगायतका काममा सम्बन्धित प्रदेश अन्तर्गतका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि सूचनामा आग्रह गरिएको छ ।

यस वर्षको एसईई चैत ७ गतेदेखि हुने र नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गर्नेगरी यसअघि नै कार्यतालिका सार्वजनिक भइसकेको छ ।


 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया