तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – पछिल्लो समय अनलाइनमार्फत नजिकका व्यक्ति (अन्तरङ्ग साथी) बाट हुने हिंसा र यौन दुर्व्यवहार बढ्दो क्रममा रहेको देखिएको छ । चाइल्डसेफनेटले हिजो सार्वजनिक गरेको एक रिपोर्टका अनुसार नजिकका साथीबाटै अनलाइन हिंसामा परे पनि बालबालिका तथा युवा बेखबर रहेका छन् ।
बालबालिका लागि सुरक्षित इन्टरनेटबारे काम गर्दै आएको संस्था चाइल्डसेफनेटले १६ वर्षदेखि २४ वर्षसम्मका ४ हजार ५ सय १ जनामा गरेको सर्वेक्षणमा अनलाइनमार्फत अन्तरङ्ग साथीबाट सबैभन्दा धेरै हिंसामा परेको देखाएको हो ।
तथ्याङ्कमा सबैभन्दा धेरै सुनसरीमा भएको अनुसन्धानमा सहभागीमध्ये ३८ प्रतिशत किशोरकिशोरी र युवायुवतीले अन्तरङ्ग साथीबाट हिंसा भोगेका उल्लेख छ । सातै प्रदेशअन्तर्गत सुनसरी, पर्सा, काठमाण्डौ, चितवन, दाङ, झापा, लमजुङ, कास्की, डोटी र सुर्खेत १० जिल्लाका १३ पालिका छनोट गरेर हिंसाबारे अनुसन्धान गरिएको थियो ।
Sexual Violence Research Initiative (SVRI) सँगको सहकार्यमा गरिएको अध्ययनमा नेपालमा बढ्दो अनलाइन अन्तरङ्गसम्बन्ध हिंसाको प्रवृत्ति, स्वरूप र प्रविधिको दुरुपयोगबारे विस्तृत रूपमा अुसन्धान गरिएको थियो ।
प्रतिवेदनअनुसार ४० दशमलव ५ प्रतिशत सहभागीहरूले अहिले वा विगतमा अनलाइनको माध्यमबाट अन्तरङ्गसम्बन्ध भएको बताएका थिए । अन्तरङ्गसम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि अनलाइन हिंसा भएको बताएका थिए ।
यस्तै ११ प्रतिशत सहभागीहरूले वयस्क र नाबालिगबीचको सम्बन्ध रहेको बताएका छन् । १६ देखि १७ वर्षका कशोरकिशोरी र १८ देखि २४ वर्षका युवायुवती दुवै उमेर समूहका सहभागीहरू समान रूपमा अन्तरङ्ग अनलाइन हिंसाको जोखिममा रहेको पाइएको छ ।
तुलनात्मक रूपमा युवामा दुर्व्यवहार र हिंसाका व्यवहारलाई पहिचान गर्न र जोगिन सक्ने क्षमता धेरै रहेको पाइएको छ ।
अध्ययनबारे जानकारी दिँदै चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले डिजिटल प्रविधिको असुरक्षित प्रयोगले अन्तरङ्ग साथीबीचको हिंसालाई बढाएको बताउनुभयो । उहाँका अनुसार नियन्त्रण गर्ने व्यवहार, हानि पुर्याउने उद्देश्यले अनलाइनमा पछ्याउने, दबाब दिने र भावनात्मक दुर्व्यवहार सबैभन्दा धेरै रहेको छ ।
अध्ययनले पीडितलाई उल्टै दोष दिने प्रवृत्ति, पीडित केन्द्रित दृष्टिकोण र सहायताको अभाव र अपर्याप्त तथा फितलो कानूनी संरचनालगायतका प्रणालीगत कमजोरीहरू उजागर गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।